राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
arthasansar.com · Wed Aug 12 06:42:21 GMT 2026

एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण खातावाला ग्राहकहरूलाई आगामी असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण स्वघोषणा गरी अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले बैंकको शाखामा जानु नपर्ने गरी घरबाटै सहज रूपमा यो प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यसका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) वा आधिकारिक वेबसाइटमा उपलब्ध 'iServe' सेवामार्फत सजिलै आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक वा स्वघोषणा गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)