कहाँ हरायो जबराविरुद्धको महाभियोग ?
ekantipur.com · Wed Mar 02 00:59:24 GMT 2022
काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन सभामुख र सरकारले कुनै पहल गरेका छैनन् । प्रस्ताव दर्ता भएको सात दिनपछि संसद्लाई जानकारी दिनुपर्ने प्रावधान भए पनि १८ दिनसम्म यो विषयमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा छलफलसमेत भएको छैन ।
जबराविरुद्ध सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदले फागुन १ मा संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रधानन्यायाधीश, सर्वोच्चका न्यायाधीशलगायत संवैधानिक निकायका पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएमा संसद् अधिवेशन चलिरहेको भए सात दिनपछि सभामुखले बैठकमा जानकारी दिनुपर्छ । अधिवेशन नचलेको अवस्थामा प्रस्ताव दर्ता भएको १५ दिनभित्र अधिवेशन बोलाई त्यसको तीन दिनभित्र जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । यसरी ढिलोमा १८ दिनभित्र यसबारे सदनले थाहा पाउनुपर्ने व्यवस्था छ । तर, अहिले भने संसद् चलिरहेका बेला पनि प्रक्रिया सुरु भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)