नेपाली महिलालाई नागोया महिला म्याराथनमा सहभागी हुने अवसर
ratopati.com · Wed Aug 12 06:59:35 GMT 2026
काठमाडौँ । जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठुलो महिला मात्र सहभागी हुने म्याराथन ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ।
गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठुलो ‘अल–वुमन म्याराथन’का रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च १४, २०२७ (आइतबार) जापानको आइची प्रान्तस्थित नागोयामा आयोजना हुँदैछ। विश्व एथलेटिक्सको ‘प्लाटिनम लेबल रोड रेस’समेत रहेको प्रतियोगितामा विश्वस्तरीय धाविकासँगै पहिलोपटक म्याराथन दौडनेदेखि व्यक्तिगत उत्कृष्ट समयको लक्ष्य राख्ने धाविकासम्मले सहभागिता जनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)