इमरान खानको स्वास्थ्यप्रति छोराहरूको चिन्ता, सात महिनादेखि भेट्न नदिएको दाबी
lokaantar.com

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूले आफ्ना बुबाको स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानी अधिकारीहरूले आफूहरूलाई सात महिनादेखि बुबासँग भेट्न नदिएको र उनको स्वास्थ्य अवस्थाबारे परिवार, चिकित्सक तथा वकिललाई समेत जानकारी लिन नदिएको दाबी गरेका हुन् ।
इमरान खान पक्राउ परेको तीन वर्ष पूरा भएको अवसरमा उनका छोराहरू कासिम र सुलेमान इसा खानले आफूहरूसँग बुबाको अवस्थाबारे कुनै नयाँ जानकारी नरहेको बताएका हुन्। उनीहरूका अनुसार ‘परिवार, चिकित्सक र वकिललाई सात महिनादेखि उहाँसँग भेट्न दिइएको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)