नेपाली धाविकालाई नागोया महिला म्याराथनमा सहभागी हुने अवसर
onlinekhabar.com · Wed Aug 12 07:09:28 GMT 2026
२७ साउन, काठमाडौं । जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला मात्र सहभागी हुने म्याराथन ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन् । प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ।
गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो ‘अल–वुमन म्याराथन’का रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च १४, २०२७ (आइतबार) जापानको आइची प्रान्तस्थित नागोयामा आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)