सबै मापदण्डहरूको पूर्ण पालना गर्दै चुनढुंगा खानी सञ्चालन गरेका छौंः भूगर्भ सिमेन्ट
corporatenepal.com · Tue Jun 30 10:08:14 GMT 2026

काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले नेपाल सरकारका सम्बन्धित निकायबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन, प्रारम्भिक वातावरणीय परीक्षण, खानी सञ्चालन अनुमति तथा प्रचलित कानुन, नियमावली र तोकिएका सबै मापदण्डहरूको पूर्ण पालना गर्दै चुनढुंगा खानी सञ्चालन गरेको स्पष्ट पारेको छ ।
उक्त कम्पनीले आज विज्ञप्ति प्रकाशित गर्दै अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-७ स्थित चुनढुंगा खानी तथा उद्योग सञ्चालनका सम्बन्धमा पछिल्लो समय सार्वजनिक रूपमा विभिन्न टिकाटिप्पणी र गुनासाहरू आएको सन्दर्भमा आधिकारिक धारणा सार्वजनिक गरिएको हो । उद्योग वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र स्थानीय समुदायसँगको सहकार्यप्रति निरन्तर प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)