ब्रोड पिक हिमपहिरो : १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
nagariknews.nagariknetwork.com · Wed Aug 12 07:06:24 GMT 2026

ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको छ।
पाकिस्तानको राजधानी इस्लामाबादमा मुसलधारे वर्षाका बिच पर्वतारोही, कूटनीतिज्ञ र नागरिक समाजका प्रतिनिधिहरू पाकिस्तान स्पोर्ट्स कम्प्लेक्सको खुला मैदानमा भेला भएर मृतकको आत्माको शान्तिको कामना गर्दै प्रार्थना गरेका हुन्। खोज तथा उद्धार टोलीले आठ जनाको शव फेला पारेर अभियान समाप्त गरेपछि यो श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। दुई जनाको शव भने अझै फेला परेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)