मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हुप्सेकोटमा कृषि प्रणालीलाई विषादीरहित बनाउने अभियान

barnanmedia.com · Wed Sep 04 23:29:01 UTC 2024

काठमाडौँ, २० भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कृषि प्रणालीलाई विषादी रहित बनाउने अभियान सञ्चालन गरिने भएको छ ।

चालु आर्थिक वर्षदेखि विषादीको प्रयोगलाई शून्यमा झार्ने नीति लागु गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । “कृषि उत्पादनमा जैविक तथा वनस्पतिजन्य मल तथा औषधिको प्रयोगलाई बढावा दिँदै अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्दै आगामी तीन वर्षभित्र विषादीको प्रयोग पूर्ण रूपमा अन्त्य गर्ने अभियान यस वर्षदेखि सुरु गर्न लागेका छौँ”,उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)