सर्वोत्तम पेन्ट्सको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?
arthasansar.com · Wed Aug 12 07:33:55 GMT 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम पेन्ट्स ईन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सर्वसाधारणमा वितरण गरेको ८ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २५ लाख ५० हजार कित्ता सेयर गरी कुल ३४ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यो कम्पनी सेयर भोलिबाट कारोबारमा आउने भएको हो। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)