देश गरेर खान चाहनेहरू बाँच्नै नसक्ने सीमासम्म पुग्यो : सिके राउत
nepalsamaya.com · Wed Jan 25 06:09:48 GMT 2023
काठमाडौं-
सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन्।
नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए। उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ।
सोही घटनालाई अध्यक्ष राउतले आचार्ययो सो बताएका हुन्। तारेक अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'आत्मदाह बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। अझ हामी नयाँ पार्टी र पात्रहरूले समेत केही आश जगाउन नसक्नु दुःखद छ। हार्दिक श्रद्धाञ्जली।'
प्रकाशित: January 25, 2023 | 11:54:48
काठमाडौं, बुधबार, माघ ११, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)