एनसेलले ल्यायो बिजनेस क्लाउडसुइट, नेपाली मुद्रामै वेब होस्टिङ र डोमेन सेवा
nepalviews.com · Wed Aug 12 07:37:31 GMT 2026

काठमाडौं । एनसेलले व्यवसायका लागि ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय रूपमा समर्थित यो प्लेटफर्ममार्फत डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एउटै ठाउँबाट लिन सकिने कम्पनीले जनाएको छ।
एनसेलका अनुसार सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गरिएको हो। यसमार्फत ग्राहकले डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा आफ्नो अनलाइन उपस्थितिको व्यवस्थापन गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)