सुवेदी, शर्मा र भुसाललाई प्रदान गरियो पद्मश्री
ekantipur.com · Tue Oct 07 17:03:02 GMT 2025

काठमाडौँ — २०८१ सालका लागि पद्मश्री गौरव, पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्राध्यापक अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार, प्राध्यापक रमा शर्मालाई पद्मश्री साधना सम्मान र संस्मरणात्मक कृति ‘छालबाटो’का लागि लेखक एवम् पत्रकार रमेश भुसाललाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरियो ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तीनै जना व्यक्तित्वलाई तीन/तीन लाख नगदसहित सम्मानपत्र प्रदान गरे । साहित्य एवम् वाङ्मयका साधकहरूलाई सम्मान गर्न पाउँदा संस्था आफैं सम्मानित भएको अध्यक्ष लामिछानेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)