शहीद रविन्द्र मेहताको अन्तिम यात्रामा उर्लियो जनसागर, हजारौँले गरे भावपूर्ण अन्तिम बिदाइ
arthadabali.com · Wed Aug 12 08:09:00 GMT 2026

सुनसरी / देवानगञ्ज घटनाका क्रममा गोली लागेर ज्यान गुमाएका शहीद रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंंबाट गृहस्थान कप्तानगञ्ज ल्याइएपछि आज हजारौँ स्थानीयको सहभागितामा भव्य अन्तिम शवयात्रा निकालिएको छ।
मेहताको अन्तिम यात्रामा स्थानीयवासी, आफन्त, शुभेच्छुक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। शोकाकुल वातावरणबीच हजारौँ मानिसले सडकमा उपस्थित भएर मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)