आइ.सि.एफ.सि. फाइनान्सद्वारा कर्णालीकी छात्रा सीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान
news24nepal.tv · Wed Aug 12 08:15:03 GMT 2026

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा सीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । शिक्षाको माध्यमबाट विद्यार्थीको क्षमता विकास तथा उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आइ.सि.एफ.सि. फाइनान्सले छात्रा शीता शाहीलाई छात्रवृत्ति प्रदान गरेको हो । आफ्नो जन्मस्थान कर्णाली प्रदेश भए पनि काठमाडौंमा रही अध्ययन गर्दै आएकी शीता शाहीलाई प्रदान गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई थप सहज बनाउँदै उच्च शिक्षा तथा आगामी लक्ष्यतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास फाइनान्सले लिएको छ ।
छात्रवृत्ति प्रदान गर्दै आइ.सि.एफ.सि. फाइनान्सले छात्रा सीता शाहीलाई उज्ज्वल भविष्यका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि अध्ययनमा निरन्तर मेहनत, लगनशीलता र समर्पणका साथ अघि बढ्दै उत्कृष्ट सफलता हासिल गर्न प्रोत्साहित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)