लुम्बिनी प्रदेशसभामा भोलिदेखि बजेटबारे छलफल हुने
shilapatra.com · Tue Jun 30 10:22:13 GMT 2026

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत ११ औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा राजस्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म छन् ।
बैठकमा प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ । छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)