प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
news24nepal.tv · Wed Aug 12 08:21:32 GMT 2026

काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा नयाँ इ.मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिनेछ । सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको छ । यस एक्सपोमा पनि ग्राहकहरू तथा अटो पारखीहरूको व्यापक ध्यान खिचिरहेको छ ।
सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडीसडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)