दैनिक एक गिलास फलफूलको जुस पिउँदा हुन्छ डिप्रेसन कम ? के भन्छ अध्ययन ?
ratopati.com · Wed Aug 12 08:31:10 GMT 2026

काठमाडौं । पछिल्लो समय विश्वभर डिप्रेसन पीडितको संख्या बढिरहेको छ । तर दैनिक एक गिलास १०० प्रतिशत फलफूलको जुस वा स्मुदी सेवन गरेर फलफूल तथा तरकारीको मात्रा बढाउँदा डिप्रेसनको स्तर घट्न सक्ने नयाँ अध्ययनले देखाएको छ ।
चार हप्तासम्म दुवै समूहले फलफूल तथा तरकारीको सेवन बढाए । तर, जुस वा स्मुदी सेवन गर्ने समूहमा डिप्रेसनको स्कोर तुलनात्मक रूपमा कम देखियो । उक्त समूहको डिप्रेसन स्कोर नियन्त्रण समूहको तुलनामा २७ अंकको मापन स्केलमा २.५२ अंक कम थियो । यो अन्तर सामान्य भए पनि तथ्यांकका आधारमा उल्लेखनीय रहेको अनुसन्धानकर्ताको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)