बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तार गर्न सेनाको हेलिकप्टरमार्फत पुर्याइयो उपकरण
techpana.com · Wed Aug 12 08:28:40 GMT 2026

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन र इन्टरनेट सेवा विस्तारका लागि आवश्यक सञ्चार उपकरणहरू हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी ती सामग्री बडीमालिका क्षेत्रमा पुर्याएको हो ।
भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण लैजान कठिन भएपछि मंगलबार हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले गत ८ साउनमा नेपाल टेलिकमलाई दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार पहुँच पुर्याउन र बडीमालिकामा तत्काल सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)