मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

Ujyaaloonline.com · Tue Sep 05 01:02:43 GMT 2023

काठमाण्डाै - १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ ।

बङ्लादेशमा चलिरहेको प्रतियोगितामा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । हिजो भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर घरेलु टोली बङ्लादेशले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो । ४७ औँ मिनेटमा बङ्लादेशका अशिकुर रहेमानले गोल गरेका थिए । तर नेपाल गोल फर्काउन असफल हुँदा पराजित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)