रनवेतिर गइरहेको प्राइभेट जेटमा कार ठोक्किएपछि...
ratopati.com · Wed Aug 12 08:48:35 GMT 2026

मिलान । इटालीको मिलानस्थित लिनाते विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङमा प्रयोग हुने कार निजी विमानमा ठोक्किएको घटना सार्वजनिक भएको छ ।
यस घटनामा विमान र कारमा क्षति पुगेको छ । सोमबार बिहान करिब ११ः१९ बजेको यस घटनामा कुनै पनि व्यक्तिको मृत्यु वा घाइते भएको खबर आएको छैन । विमानस्थलको सीसीटीभी फुटेजमा फियाट पान्डा कारले रनवेमा गुडिरहेको हकर बिचक्राफ्ट ४००ए निजी विमानको बाटो काटेको देखिन्छ । त्यस क्रममा विमानको अगाडिको भाग कारको यात्रु बस्ने झ्यालमा ठोक्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)