सहिद स्मारक ए डिभिजन लिग: आर्मीसँग मनाङ पराजित, एनआरटिको लिगमा दोस्रो जित
deshsanchar.com · Tue Apr 18 14:55:13 GMT 2023
काठमाडौं-सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले लगातार तेस्रो खेलमा हार ब्योहोरेको छ। मंगलबार दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले १-० को जित निकाल्दै चौंथो स्थानमा उक्लियो। त्यसअघि दिनको पहिलो खेलमा एनआरटीले खुमलटारलाई ३-१ ले पराजित गर्दै लिगमा दोस्रो जित निकाल्यो।
एनआरटीले दशौं चरणमा दोस्रो जित निकाल्दै अङ्क तालिका सुधार गरेको छ। एनआरटीले १० खेलको समाप्ती २ जित सहित ४ बराबरी र ४ हार भोगेको छ। एनआरटिकव जितमा सरोज तामाङ, सञ्जिब विष्ट र मोहित गुरूङले समान १-१ गोल गरका थिए। खुमलटारका लागि श्यामु मुर्मुले एक गोल फर्काएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)