मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रेरक प्रसंग : नेपोलियन र बिरामी राजकुमारी

nayapatrikadaily.com · Wed Mar 20 00:25:00 GMT 2024

नेपोलियन बोनापार्टको विजय अभियान जोडदार रूपमा चलिरहेको थियो । एकपटक उनी युद्धकै क्रममा अस्ट्रियाको राजधानी भियना पुगे, तब उनले सन्धि प्रस्ताव लिएर आफ्ना विशेष दूत पठाए । तर, नेपोलियनका दूतको नगरवासीले निर्ममतापूर्वक हत्या गरे । यो घटनापछि नेपोलियन अत्यन्त क्रुद्ध भए र नगरलाई चारैतिरबाट घेरेर फ्रान्सेली तोपबाट आगो बर्साउँदै नगरका भवनहरू ध्वस्त पार्न आदेश दिए ।

नेपोलियनको सेनाले व्यापक आक्रमण गरिरहेको समयमै अचानक नगरको ढोका खुल्यो र एउटा दूत शान्तिको झन्डा लिएर बाहिर आए । ती दूतले नेपोलियनसामु उभिएर नम्र स्वरमा भने, ‘सम्राट्, रिसानी माफ होस्, तपाईंका तोपले जहाँ गोला बर्साइरहेका छन्, त्यहीँ नजिकै हाम्रा सम्राट्की छोरी बिरामी परिरहेकी छिन् । उनी उठेर हिँड्न सक्ने अवस्थामा छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)