कार्ड चलाएको भन्दै नेताहरुले खुलासा गर्न थाले, सरकार र समीकरण फेरबदलको संकेत !
nepalghatana.com · Sat Jun 04 00:34:00 GMT 2022
अहिले पनि नेपाली राजनीतिको केन्द्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै छन् । सत्तापक्षले दिनुहुँ बोल्ने बोलीमा ओली छन् । संसदका हरेक सम्बोधन ओलीमाथि केन्द्रीत भइरहेका छन् । तर केहीदिन यता मौनतामा रहेका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्ड चलाएको भन्दै नेताहरुले खुलासा गर्न थालेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली विरलै मात्र संसद प्रवेश गर्छन । एकैपटक तीन घण्टा बोलेर निस्किछन् । अनि त्यही विषयमा सत्तापक्षका सांसदहरुले दिनहुँ लम्बेतानका भाषणहरु गर्छन । कुण्ठा पोख्छन्, आक्रोशित हुन्छन् ।ओली बोलीमा छन् । तर यतिबेलाको निर्णायक शक्तिका रुपमा नेकपा माओवादी केन्द्र छ । यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहेको खण्डमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको सम्भावना जब्बर बनेर आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)