बार्सिलोनाको फराकिलो जित, गालातासारे ४-१ ले पराजित
ratopati.com · Tue Oct 13 22:27:16 GMT 2026
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा बार्सिलोनाले गालातासारेमाथि ४-१ गोलअन्तरको फराकिलो जित हात पारेको छ । सुरुवाती अग्रता उल्टाउँदै बार्सिलोनाले उत्कृष्ट पुनरागमन जित निकालेको हो ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोली गालातासारेले लिएको थियो । उसका लागि खेलको २८ औँ मिनेटमा अलेक्सी बात्राकोभले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिनै लाग्दा ४३ औँ मिनेटमा जोआओ कान्सेलोले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)