लिग २ क्रिकेट : ओमानमाथि नेपालको शानदार जित
barnanmedia.com · Tue Oct 13 22:25:27 GMT 2026
बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो । ओमानलाई सस्तैमा समेट्ने क्रममा नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिएपछि नेपालले सहज जित हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)