रोनाल्डोकाे ड्रिम डेब्यु
ekagaj.com · Sat Sep 11 16:06:06 GMT 2021
काठमाडौँ - ओल्ड ट्राफोर्डमा दोस्रो पटक डेब्यु गरेका क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गरेको छ । युनाइटेडको जितमा रोनाल्डोले बाहेक ब्रुनो फर्नान्डेज र जेसी लिंगार्डले एक–एक गोल गरे । न्युकासलका लागि जाभियर मान्क्यिलोले एक गोल फर्काए ।
रोनाल्डोले पहिलो गोल पहिलो हाफको आतिरित्त समयमा गरे । दोस्रो गोल भने उनले ६२ औँ मिनेटमा गरे । पोर्चुगलकै अर्का खेलाडी ब्रुनोले ८० औँ मिनेटमा युनाइटेडको तेस्रो गोल गरे भने लिंगार्डले दोस्रो हाफको आतिरित्त समयमा पउल पोग्बाको पासमा गोल गरे । ब्रुनोका लागि पनि पोग्बाले नै पास उपलब्ध गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)