Scam Exposed: ८० हजार पर्ने क्यामेरा टिकटकमा ४० हजारमै देखेपछि किन्न खोज्दा यसरी लुटिए पोखराका युवक
techpana.com · Wed Aug 12 09:04:33 GMT 2026

काठमाडौं । पोखराको पृथ्वीचोक बस्ने ३२ वर्षीय राकेश शर्मा (नाम परिवर्तन) लाई एक्लै पदयात्रा (सोलो ट्रेकिङ) मा जान निकै रुचि छ । उनी समय-समयमा विभिन्न पदयात्रामा निस्किरहन्थे । पदयात्राका क्रममा देखिने सुन्दर दृश्यहरू कैद गर्न उनी एउटा राम्रो क्यामेराको खोजीमा थिए ।
टिकटक चलाउने क्रममा उनले @nepalcamershop (Everest Camera shop) नामको टिकटक अकाउन्टमा एउटा ‘Insta 360 X4' क्यामेरा बिक्रीमा रहेको विज्ञापन देखे । बजारमा नयाँ खरिद गर्दा करिब ७० देखि ८० हजार रुपियाँ पर्ने उक्त क्यामेरा विज्ञापन गर्ने अकाउन्टले ३ महिना मात्र प्रयोग भएको ‘सेकेन्ड ह्यान्ड’ भन्दै जम्मा ४० हजार रुपियाँमा बिक्रीमा राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)