मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीमा सरकार परिवर्तनको सम्भावना टर्दै

ekantipur.com · Wed Jul 06 01:00:15 GMT 2022

मकवानपुर — वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको सम्भावना क्षीण बन्दै गएको छ । मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ दल माओवादी केन्द्र र कांग्रेसले कसरत गरे पनि गठबन्धनका केन्द्रीय शीर्ष नेताले चासो नदेखाएपछि सरकार परिवर्तनको खेल अलपत्र परेको हो ।

माओवादी केन्द्र र कांग्रेसले मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन गरेर पदबाट राजीनामा गर्न दबाब नै दिएका थिए । दुवै दलले पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने भन्दै सरकार फेर्न कोसिस गरे पनि नजिकिँदै गरेको प्रदेश र संघीय चुनावको संघारमा तत्काल परिवर्तन गर्दा समस्या हुने भन्दै शीर्ष नेतृत्व पछाडि हटेको सत्तारूढ सांसदहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)