सरकारकै हस्तक्षेपका कारण एन्फा प्रतिबन्धमा पर्यो: केपी शर्मा ओली
bishowkhabar.com · Tue Jun 30 10:25:08 GMT 2026
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अनुचित हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धमा परेको आरोप लगाएका छन् ।
मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विश्वकप फुटबल चलिरहेका बेला नेपाल भने प्रतिबन्धित हुनु दुःखद भएको बताए । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको प्रतिबन्धप्रति चासो व्यक्त गर्दै उनले खेल क्षेत्रलाई यो अवस्थाबाट मुक्त गराउन जरैदेखि सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)