मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

barnanmedia.com · Tue Mar 03 22:38:55 GMT 2026

उदयपुरको चौदण्डीगढी नगरपालिका-२ लाटीखोलाको पुल नजिकै मदन भण्डारी लोकमार्गमा राजमार्ग नै बन्द हुने गरी आज साँझ राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

पशुपतिप्रसाद गण पिपलटार ब्यारेक उदयपुरबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको हो। शंकास्पद वस्तु फेला परेको खबरलगत्तै नेपाल प्रहरी सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ भएका थिए। लगत्तै निर्वाचन सुरक्षामा खटिएका नेपाली सेनासहितको संयुक्त टोली सुरक्षामा खटिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)