मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समर्थन फिर्ता लिन निरन्तर चुनौति, ‘षड्यन्त्रको शंकाले माओवादी सशंकित’

ekagaj.com · Fri Apr 09 00:35:13 GMT 2021

काठमाडौँ : ‘सरकारको विकल्प खोज्ने हो भने खोज्नुस्, हामी प्रतिपक्षमा बस्न तयार छौं । ऊ न विश्वासको मत फिर्ता लिन सक्छ न सरकार गठन गर्न सक्छ’ सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिँदै बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद महेश बस्नेतले भने ।

बिहीबारको बैठकमा मात्रै होइन यसअघि सोमबारको बैठकमा पनि बस्नेतले कवितामार्फत् समर्थन फिर्ता लिन नसककेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कडा व्यङ्ग्य गरेका थिए । ‘विश्वासको मत फिर्ता लिन्छु भन्छु सक्दिनँ । अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ । नयाँ गठबन्धन बनाउन खोज्छु सक्दिनँ । प्रधानमन्त्री बन्नुस् भन्दा कसैले टेर्दैन । अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताका आधारमा राजीनामा दिनैपर्छ ’ बस्नेतको व्यङ्ग्य थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)