मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मापसे र लापसे गरी सार्वजनिक सवारी चलाउने १८ चालक कारबाहीमा

barnanmedia.com · Tue Oct 13 22:43:43 GMT 2026

दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँचका क्रममा १८ जना सवारी चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार घटस्थापनाको दिन असोज २५ देखि आज असोज २७ गते साँझसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा १८ जना चालक कारबाहीमा परेका हुन् । चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक सवारी साधनको प्रयोग बढ्ने भएकाले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)