धनगढीमा दुई समूहको युवाहरूबिच झडप
barnanmedia.com · Tue Mar 03 22:50:36 GMT 2026

धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा मंगलबार साँझ दुई पक्षका युवाहरूबिच झडप भएको छ । विवादले उग्र रूप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबिच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)