सरकार ! विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गरियोस्, बिजुलीको शुल्क घटाइयोस्
nagariknews.nagariknetwork.com · Wed Aug 12 09:21:10 GMT 2026

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद परियारले विगतको सरकारले विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहजीकरण गरेको भए पनि वर्तमान सरकारले विद्युतमा कर बढाएर नागरिकलाई थप भार पार्ने काम गरेको बताए ।
उनले भने, ‘ऊर्जा नीति र कर सम्झौताको सम्बद्धमा नेपाल सरकारले इलेक्ट्रिक चुलोको सन्दर्भमा विगतको सरकारले नागरीकहरुलाएई सहजीकरण दिएका थिए । तर अहिलेको सरकारले विद्युतमा कर बढाएर नागरीको ढाड सेक्ने काम गरेको छ । यस्तो कुरामा सरकारलाई म सचेत गराउन अनुरोध गराउन चाहन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)