काम नगरी पारिश्रमिक लिनु जनतालाई धोका दिनु
baahrakhari.com · Wed Aug 12 09:29:35 GMT 2026
संसद्मा यसपटक धेरै सङ्ख्यामा नयाँ अनुहार छन् । प्रधानमन्त्री, मन्त्री र धेरै सांसद युवा र जोसिला देखिन्छन् । ुजान्नेलाई छान्नेु भन्ने नारामा जनताले यसपटक ठूलो संख्यामा नयाँ अनुहार निर्वाचित गरे । तर उमेरको तथ्याङ्कले देखाउने सक्रिय युवा सांसदको तस्बिर भने संसद्को प्रारम्भिक अधिवेशनमै बेग्लै देखियो । संसद्मा उत्साह र गम्भीरता देखिएन ।
मङ्गलबार प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा एउटै मात्र एजेन्डा थियो— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले प्रस्तुत गरेको 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव । तर त्यही एउटा एजेन्डा पनि बैठकमा गणपूरक संख्या नपुगेपछि अवरुद्ध भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)