समूह विजेता बन्ने लक्ष्य बोकेको नेपाललाई कतारको चुनौती
baahrakhari.com · Thu Apr 27 00:48:00 GMT 2023
काठमाडौैं । एसीसी प्रिमियर कपमा समूह ‘ए’मा अपराजित रहँदै विजेता बन्ने लक्ष्यमा रहेको नेपाली टिमलाई आज (बिहीबार) कतारले चुनौती प्रस्तुत गर्दै छ ।
समूह ‘ए’बाट आफ्नो अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको नेपाल आजको खेलमा विजयी भए समूह विजेता बन्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाबीचको तेस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)