याङवरक पोखरी खानेपानी योजना सम्पन्न
ratopati.com · Tue Oct 13 22:58:15 GMT 2026

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । योजना सम्पन्न भएसँगै ३६५ जना लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ । सो योजना सङ्घीय सरकारको रु ७६ लाख ७५ हजार विशेष अनुदानमा सम्पन्न भएको हो । गत असारमा सम्पन्न भएको योजनाको मङ्गलबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)