सेयर बजारमा झिनो सुधार, कारोबार घट्यो
ratopati.com · Wed Aug 12 09:40:09 GMT 2026

काठमाडौँ। साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार देखिएको छ। नेप्से परिसूचक ०.५५ अङ्कले बढेर २६४२.४० विन्दुमा पुगेर बन्द भएको छ।
बजार परिसूचकमा झिनो वृद्धि देखिए पनि आज कारोबार रकममा भने खासै उत्साह देखिएन। दिनभरिमा ३४८ कम्पनीका ८७ लाख कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब माथिको कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)