भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता
kendrabindu.com · Wed Aug 12 09:42:07 GMT 2026

काठमाडाैं । छिन्चु-जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ बाङ्गिरह नजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्।
लु १ ज ३०२२ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल नदीमा खसेर दुर्घटना भएको हो। जिपमा सवार कुल ४ जनामध्ये गाडी चालक र गाडी मालिक नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)