सिड्नीमा सत-चित-आनन्द कीर्तन कार्यक्रम हुने
onlinekhabar.com · Wed Aug 12 09:43:21 GMT 2026

काठमाडौं । प्रोजेक्ट बियोन्डको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा सत-चित-आनन्द कीर्तन कार्यक्रम आयोजना हुने भएको छ । सिड्नीको टु-ए मेमोरियल ड्राइभस्थित द ग्रान्भिल सेन्टरमा १४ अगस्टमा कार्यक्रम हुन लागेको हो ।
एनआरएनए एनएसडब्लूसँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । आयोजकका अनुसार, यो कार्यक्रम संगीत, ध्यान र आध्यात्मिक भावनाहरूको मिश्रण हो । कार्यक्रमले सहभागीलाई शान्त वातावरणमा आराम गर्ने, आत्मचिन्तन गर्ने र अरूसँग जोडिने अवसर प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)