नागरिक लगानी कोषको २७ औं वार्षिक साधारण सभा सम्पन्न
lokpath.com · Mon Aug 22 15:54:01 GMT 2022
काठमाडौं । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाब बिवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथी छलफल गरी पारित गरेको छ । यो सँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डा. थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैर सरकारी एवम् नीजि प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेटने धारणा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)