भारत र अफगानिस्तानबिच टी–२० शृङ्खला हुने
ratopati.com · Wed Aug 12 09:53:15 GMT 2026
काठमाडौँ। भारत र अफगानिस्तानबिच आगामी सेप्टेम्बरमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले बुधबार संयुक्त विज्ञप्तिमार्फत शृङ्खलाबारे जानकारी दिएका हुन्।
शृङ्खलाका तीन वटै खेल भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली क्रिकेट रंगशालामा हुनेछन्। तालिकाअनुसार पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल सेप्टेम्बर १३ मा हुनेछ । दोस्रो खेल सेप्टेम्बर १५ र तेस्रो तथा अन्तिम खेल सेप्टेम्बर १७ मा खेलाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)