घमण्डले क्षति
annapurnapost.com · Fri Dec 31 05:17:00 GMT 2021
कुनै गाउँमा एक जना व्यक्ति थिए। उनी त्यतिबेलाका जानेमाने विद्वान् मानिन्थे। व्याकरण शास्त्रमा उनी बराबरका विद्वान् कोही थिएनन् तर जति विद्वान् थिए, त्योभन्दा बढी घमण्डी र अहंकारी थिए। शास्त्र भनेको व्याकरण मात्र हो र विद्वान् भनेको आफू मात्र हो भन्ने उनको मान्यता थियो। जहाँ पनि जान्थे र व्याकरण पढेका छौ ? भनेर सोध्थे। अनि पढेको छैन भन्नेलाई तिम्रो आधा उमेर खेर गयो भन्दै अत्याउने गर्थे।
समय बित्दै गयो। उनको बानी पनि जारी नै रह्यो। उनको व्यवहारले गाउँले हैरान थिए। बिस्तारै यो कुरा राजाको कान पुग्यो। परीक्षण गर्न आफैं गाउँ पुगे। त्यतिबेला पनि ती व्यक्ति गाउँलेहरूलाई त्यही प्रश्न सोधिरहेका थिए। राजालाई देखेपछि उनलाई पनि सोही प्रश्न तेस्र्याउँदै भने – ‘महाशय ! हेर्दा खानदानी देखिनु हुन्छ, पक्कै व्याकरण पढ्नु भएको होला होइन ?’ ‘राजाले नबुझेजस्तौ गर्दै भने– ‘के भन्नुभयो ?’ ‘व्याकरण पढ्नुभएको छ कि छैन भनेको नि।’ पुनः सोधे। ‘त्यो भनेको के हो ?’ राजाको प्रश्न थियो। ‘हरे त्यति पनि थाहा छैन ? व्याकरण शास्त्र क्या ? जो बिना जीवन अधुरो हुन्छ।’ ‘हो र ? भन्दै राजा दरबार फर्किए। त्यसपछि राजाले चतुरेलाई बोलाएर व्यक्तिको आँखा खोल्ने आदेश दिए। राजाको आज्ञा सुनेपछि केही समय धैर्य गर्न आग्रह गर्दै उनी आफ्नो बाटो लागे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)