सौराहामा ‘हात्तीको वनभोज’, ६० वटा सहभागी
annapurnapost.com · Wed Aug 12 09:57:07 GMT 2026

चितवन : चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ । वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो ।
वनभोजमा सरकारी र निजी गरी ६० वटा हात्तीहरू सहभागी रहेका थिए । सधै जंगल गस्ती र पर्यटकलाई जगल सफारी गराउन व्यस्त रहने हात्तीहरू वनभोजमा रमाएका थिए । हात्ती दिवस तथा वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुर्जा पुनले हात्ती कल्याणको लागि चितवन राष्ट्रिय निकुञ्जले काम गर्दै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)