सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ - विक्रमसिंह थापा
arthasansar.com · Wed Aug 12 10:04:29 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रमसिंह थापाले प्रतिनिधिसभा बैठकको विशेष समयमा सुनसरी, सिरहा र कपिलवस्तुका दुःखद घटनाप्रति सदनको ध्यानाकर्षण गराएका छन्।
उनले साम्प्रदायिक तथा जातीय द्वन्द्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डतामा पर्न सक्ने दीर्घकालीन असरबारे संवेदनशील हुन आग्रह गर्दै यस्ता घटनालाई राजनीतिक आरोप-प्रत्यारोपमा मात्र सीमित नराख्न जोड दिए। साथै, गहन छानबिनमार्फत घटनाका वास्तविक कारण, फैलाइएका अफवाह, भीड परिचालन र सुरक्षा कमजोरीको सूक्ष्म पहिचान गर्नुपर्ने उनको माग छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)