अदालत अगाडि मिटरब्याज पीडित महिलाको आत्मदाह प्रयास
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
धनुषा । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी छिन् । जनकपुरधाम उपमहानगरपालिका–४ की फुलकुमारी रजकले बुधबार दिउँसो अदालत परिसर अगाडि आत्मदाहको प्रयास गरेकी हुन् ।
मिटरब्याज सम्बन्धी मुद्दामा पीडितहरूले अदालतअगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेका बेला रजकले अचानक शरीरमा पेट्रोल खन्याएकी थिइन्। प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएपछि सम्भावित दुर्घटना टरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)