अन्तर्राष्ट्रिय एआई ओलम्पियाडमा नेपालको ऐतिहासिक सफलता
nepalviews.com · Wed Aug 12 10:06:51 GMT 2026

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाड (आईओएआई) मा पहिलोपटक पदक जित्दै नयाँ इतिहास रचेको छ। कजाखस्तानको अस्तानामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाडमा नेपाली टोलीका सिद्धान्त चतुर्वेदीले कांस्य पदक जितेका हुन्।
प्रतियोगितामा सहभागी नेपालका अन्य तीन विद्यार्थी– प्रसिद्ध मैनाली, पीताम्बर लामिछाने र आयुष यादवले ‘हनरेबल मेन्सन’ (विशेष प्रशंसा) प्राप्त गरेका छन्। यससँगै नेपालबाट सहभागी चारै जना विद्यार्थी सम्मानित भएर स्वदेश फर्किएका छन्। उनीहरू सबै काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)