सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन
reportersnepal.com · Wed Aug 12 10:13:10 GMT 2026
खोटाङ, २७ साउन । हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्न सडक हेरालु परिचालन भएका छन् । बर्सातको समयमा अत्यधिक वर्षा हुने र ग्रामीण सडकहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै अवरुद्ध सडक बाह्रै महिना सञ्चालन गर्न नगरपालिकाले २६ जना सडक हेरालु नियुक्त गरेर परिचालन गरेको हो ।
विगत वर्षमा सडक मर्मत गर्नका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालु अर्थिक वर्षदेखि मेसिनको सट्टा सडक हेरालुको रूपमा मान्छेको प्रयोग सुरु गरेको छ । एघार वडा रहेको यो नगरपालिकामा सडक मर्मतमा मात्र वार्षिक रु एक करोडको हाराहरीमा खर्च हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)