ठगी आरोपमा चन्द्र माविका प्रधानाध्यापक कर्ण पक्राउ
ratopati.com · Mon Feb 05 17:38:00 GMT 2024
सिराहा । व्यवसायीलाई ठगी गरेको आरोपमा जिल्ला सदरमुकाम सिराहास्थित रहेका चन्द्र नमुना माध्यमिक (प्राविधिक) विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक सिराहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुद्दाको सुनुवाइको आधारमा प्रहरीले प्रधानाध्यापक कर्णलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)