फेवातालका डुंगा चालक र यात्रुको पहिलोपटक बिमा
clickmandu.com · Tue Jun 09 00:49:58 GMT 2026

कास्की । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुंगा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ । फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुको बिमा गरेको हो ।
सङ्गठनले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी एक वर्षका लागि लागू हुने गरी बिमा गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । उनका अनुसार तालमा कुनै किसिमको दुर्घटना भई घाइते भएमा उपचार खर्चबापत एक लाख रुपैयाँ प्रदान गरिने छ भने मानवीय क्षति भएमा परिवारले रु पाँच लाख प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)